सोमबार, असार १५, २०८३

रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक

 |  सोमबार, असार १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०८३
National life
Shivam cement

रसुवा- नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ। 

अघिल्लो वर्षको असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो। उक्त बेलीब्रिजबाट आगामी वर्षायाममा सवारीसाधन चलाउन मिल्ने वा नमिल्ने भनी परीक्षण गर्न यातायात सञ्चालनमा आज र भोलि रोक लगाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए। 
            
स्थानीय बासिन्दा र मानसरोवर कैलासका यात्रुलाई भने आवतजावतमा कुनै असहज नहुने प्रजिअ पन्थीले स्पष्ट पारे। नेपालबाट केरूङ र केरूङबाट नेपाल भित्रने मालवाहक सवारीसाधनलाई मात्र चिनियाँ सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिइएको छ।
     
पुलको प्राविधिक परीक्षण सकिएपछि पूर्ववत्रूपमा सञ्चालन हुने इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए।

प्रकाशित: Jun 29, 2026| 12:33 सोमबार, असार १५, २०८३
प्रतिक्रिया दिनुहोस्