शुक्रबार, जेठ २२, २०८३

भरतपुर कारागारका कैदीमा 'भाइरल' ज्वरो

 |  शुक्रबार, जेठ २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २२, २०८३

चितवन- यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन्। 

National life

जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो। उनले भने, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन्। समस्या दैनिकरुपमा बढको छ।”

हाल कारागारमा ७१२ जना कैदी छन्। यसको क्षमता ६०० हो। यहाँ ५० जना महिला र ५५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ। 

भाइरल ज्वरोबाट पीडित भएकाहरुलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गानाले बताए। 

प्रकाशित: Jun 05, 2026| 10:04 शुक्रबार, जेठ २२, २०८३
प्रतिक्रिया दिनुहोस्