शनिबार, कात्तिक २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

 |  बिहीबार, जेठ २१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २१, २०८३

Machhapuchchhre

नवलपरासी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको  ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार  दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन् निजको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: Jun 04, 2026| 21:20 बिहीबार, जेठ २१, २०८३