काठमाडौं। युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड ‘प्योर डर्मा’ नेपाली बजारमा औपचारिक रूपमा भित्र्याईएको छ। हालै एक कार्यक्रमको आयोजना गर्दै लोकप्रिय अभिनेत्री रेजिना उप्रेतीलाई प्रमुख अतिथि बनाएर ‘प्योर डर्मा’का १५ वटा उत्पादन एकसाथ नेपाली बजारमा सार्वजनिक गरिएको प्योर डर्मा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पाठकले जानकाी दिए।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, व्यावसायिक साझेदार, वितरक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीले गुणस्तरीय, सुरक्षित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित स्किनकेयर तथा पर्सनल केयर उत्पादनहरू नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यसहित नेपाली बजारमा प्रवेश गरेको जनाएको छ।
कार्यक्रममा प्योर डर्मा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पाठकले नेपाललाई सम्भावनायुक्त तथा तीव्र रूपमा विस्तार भइरहेको स्किनकेयर बजारका रूपमा छनोट गरिएको बताए। उनले वैज्ञानिक रूपमा परीक्षण गरिएका तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेका उत्पादनहरू नेपाली उपभोक्तासम्म पुर्याउने कम्पनीको लक्ष्य रहेको उल्लेख गरे।
समारोहकी प्रमुख अतिथि रेजिना उप्रेतीले प्योर डर्माको सफलताको शुभकामना व्यक्त गर्दै गुणस्तरीय स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी उत्पादनहरूले नेपाली उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथिका रुपमा अभिनेता सुशान्त ढकालको पनि उपस्थिती रहेको थियो। सुशान्तले युरोपेली ब्रान्ड ‘प्योर डर्मा’ ले नेपाली बजारमा छिट्टै आफ्नो छाप छोड्न सकोस् भन्दै सुभकामना व्यक्त गरेका छन्। त्यसैगरी विशिष्ट अतिथिहरू डा. सन्तोष भण्डारी, डा. रामकृष्ण श्रेष्ठ, डोनाल्ड चा तथा अन्य आमन्त्रित अतिथिहरूले कम्पनीको सफल भविष्यको कामना गरेका थिए।
कार्यक्रममा कम्पनीले क्ल्यारिडर्मा एक्ने स्प्रे, डर्मा बोटोक्स क्रिम, हाफो ह्यान्ड एन्ड फुट क्रिम, नुस किड्स क्रिम एसपीएफ २५, न्युटिक कोलाजेन नाइट र्यापिङ मास्क, प्योर बेबी क्रिम लगायत १५ वटा उत्पादन सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार यी उत्पादनहरू विभिन्न उमेर समूह तथा छालाका फरक-फरक आवश्यकतालाई ध्यानमा राखी विकास गरिएका हुन्।
कम्पनीले आफ्ना उत्पादनहरू गुणस्तर, प्रभावकारिता, वैज्ञानिक परीक्षण तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा बजारमा उपलब्ध अन्य ब्रान्डभन्दा फरक रहेको दाबी गरेको छ। साथै नेपाली उपभोक्ताको आवश्यकता र विश्वासलाई केन्द्रमा राखेर उत्पादनहरू बजारमा ल्याइएको जनाएको छ। कार्यक्रमका अवसरमा कम्पनीका प्रतिनिधिहरूले उत्पादनहरूको विशेषता, प्रयोग विधि तथा उपभोक्ताले प्राप्त गर्न सक्ने फाइदाबारे विस्तृत प्रस्तुति दिएका थिए।