सोमबार, साउन ११, २०८३

वर्षा नहुँदा मधेस र कोशी प्रदेशको तराई क्षेत्र तातिदै

 |  मंगलबार, जेठ १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १९, २०८३

काठमाडौं- आज मधेश  प्रदेश र  कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ। यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ।   

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ। 

यसैगरी, देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। 
आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।  

यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: Jun 02, 2026| 07:48 मंगलबार, जेठ १९, २०८३
प्रतिक्रिया दिनुहोस्