मंगलबार, जेठ १९, २०८३

पर्वतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

 |  मंगलबार, जेठ १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १९, २०८३

पर्वत- पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। 

National life

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित  वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा भन्ने स्थानमा दुर्घटना हुँदा वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको हो। 

टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले  मृत घोषणा गरेका थिए। 

दुर्घटनामा जिप चालक सोही वडाकै २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन्। दुवै जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 02, 2026| 07:36 मंगलबार, जेठ १९, २०८३
प्रतिक्रिया दिनुहोस्