सोमबार, जेठ १८, २०८३

तेह्र वर्षमुनिको उपाधि पल्सर सिइसीलाई

 |  सोमबार, जेठ १८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १८, २०८३

कीर्तिपुर (काठमाडौं)। प्रथम सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले हात पारेको छ।   

National life

कीर्तिपुरस्थित लेबोरटरी स्कुलमा आज सम्पन्न  फाइनलमा  पल्सर सिइसीले  एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीलाई नौ विकेटले हराउँदै उपाधि प्राप्त गरेको हो। 

फाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको एन्जल्सले निर्धारित १५ ओभरमध्ये ३.१ ओभरमा नै सबै विकेट गुमाएर ३५ रन जोडेको थियो। एन्जल्सको ब्याटिङलाइ चुनौती दिँदै पल्सरका आयुष्मान कटुवालले ३.१ ओभरमा पाँच विकेट लिएका थिए। सहज लक्ष्यका लागि जवाफी ब्याटिङमा उत्रिएको पल्सरले तीन ओभरमा एक विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो।

उपाधि  पल्सर सिइसीले कपसहित रु एक लाख प्राप्त ग¥यो भने उपविजेता एन्जल्सले रनर अप कपसहित रु ५० हजार नगद लिन सफल भएको छ।

प्रतियोगिताका चार खेलमा सर्वाधिक २०६ रन बनाएका पल्सरका सन्दीप साउदले ‘प्लेयर अफ दी टुर्नामेन्ट’  र उत्कृष्ट  ‘ब्याटर’को पनि पुरस्कार पाएका छन्। 

Shivam cement

त्यस्तै, ११ विकेट लिएका टोलीका ज्ञानदीप अर्यालले उत्कृष्ट बलर तथा हिमालयन क्रिकेट एकेडेमीका भावेश खड्काले ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’को पुरस्कार पाएका छन्।

प्रतियोगिताको फाइनलमा पुग्न यसअघि भएको सेमिफाइनल खेलमा पल्सर सिइसीले हिमालयन क्रिकेट एकेडेमी (ए) लाई पाँच विकेटले हराएको थियो।

त्यस्तै अर्को सेमिफाइनलमा एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीले डिएभी क्रिकेट एकेडेमीलाई ९४ रनले हराएको थियो। 

गत जेठ १० गतेदेखि आइरिस इभेन्टको आयोजनामा कीर्तिपुरस्थित लेबोरटरी स्कुलको मैदानमा भएको उक्त प्रतियोगितामा  उपत्यकाका  विभिन्न स्थानका १६ वटा क्रिकेट प्रशिक्षण संस्थाका १३ वर्षमुनिका क्रिकेट खेलाडी सहभागी थिए।

आइरिस इभेन्टका अध्यक्ष जनक चन्दका अनुसार सानै उमेरदेखि क्रिकेटको जग बसाउन सबैभन्दा तल्लो उमेर समूहको प्रतियोगिता आयोजना गरिएको हो। 

प्रकाशित: Jun 01, 2026| 16:25 सोमबार, जेठ १८, २०८३
प्रतिक्रिया दिनुहोस्