आइतबार, जेठ १७, २०८३

इटहरीमा १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

 |  आइतबार, जेठ १७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १७, २०८३

धरान (सुनसरी)। कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा सुरु भएको छ। आजदेखि सुनसरीको इटहरीस्थित रङ्गशालामा सुरु भएको प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ। 

National life

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले गर्नुभएको थियो। प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट एक हजार ७००  खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, कबडडी, कराते, तेक्वान्दो र उसु गरी छ विधाका खेल समावेश गरिएका छन्। प्रतियोगिताबाट छनोट भएका खेलाडीले काठमाडौंमा हुने १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्ने घोषले बताउनुभयो।

सदस्य सचिव घोषका अनुसार भोलि सोमबार सम्पन्न हुने प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी भोलि काठमाडौँका लागि बिदाइ गरिनेछ। कोशी प्रदेशबाट ११५ खेलाडी तथा पदाधिकारीको टोली राष्ट्रिय प्रतियोगिताका लागि काठमाडौं पठाइने उहाँनको भनाइ छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौंमा यही जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने केन्द्र स्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सातवटै प्रदेशबाट जम्मा छ सय ६० भन्दा बढी खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ।

Shivam cement

प्रकाशित: May 31, 2026| 19:26 आइतबार, जेठ १७, २०८३
प्रतिक्रिया दिनुहोस्