मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘रोड टु यूएफसी’को सेमिफाइनलमा रवीन्द्र ढाँट, मकाउमा फिलिपिन्सका फाइटर पराजित

‘रोड टु यूएफसी’को सेमिफाइनलमा रवीन्द्र ढाँट, मकाउमा फिलिपिन्सका फाइटर पराजित

 |  बिहीबार, जेठ १४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १४, २०८३

काठमाडौं। नेपाली मिक्स मार्सल आर्ट्स फाइटर रवीन्द्र ढाँट प्रतिष्ठित ‘रोड टु यूएफसी’ (सिजन ५) को सेमिफाइनलमा प्रवेश गरेका छन्।

चीनको मकाउस्थित ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वार्टरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट एलिन्टोजोनलाई पराजित गर्दै रवीन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। खेलको दोस्रो राउन्डमै रवीन्द्रले विपक्षीमाथि सानदार जित दर्ता गराएका थिए।

यो जितसँगै रवीन्द्र ‘रोड टु यूएफसी’मा प्रतिस्पर्धा गर्ने र सेमिफाइनलसम्म पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन्। विश्वकै सबैभन्दा ठुलो एमएमए प्रतियोगिता 'यूएफसी' सम्म पुग्ने ढोकाका रूपमा रहेको यस प्रतियोगितामा रवीन्द्र अब इतिहास रच्नबाट मात्र दुई जित टाढा छन्।

प्रकाशित: May 28, 2026| 18:49 बिहीबार, जेठ १४, २०८३
प्रतिक्रिया दिनुहोस्