बुधबार, जेठ १३, २०८३

सिरुवारी पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

 |  बुधबार, जेठ १३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १३, २०८३

म्याग्दी- मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। 

National life

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ। 

सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन्। 

सिरुवारी क्षेत्रमा वर्षा हुनेबित्तिकै पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। उक्त पहिरो बेनी–जोमसोम सडकमा नियमित  र सहज यातायात सञ्चालनका लागि मुख्य चुनौती बन्दै गएको  छ।

प्रकाशित: May 27, 2026| 07:27 बुधबार, जेठ १३, २०८३
प्रतिक्रिया दिनुहोस्