बुधबार, जेठ १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पश्चिमीसहित स्थानीय वायुको प्रभाव कायमै, तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

पश्चिमीसहित स्थानीय वायुको प्रभाव कायमै, तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

 |  बुधबार, जेठ १३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १३, २०८३

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ। 

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ। 

कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नपछि हुरीको सम्भावना रहेको छ।

प्रकाशित: May 27, 2026| 07:16 बुधबार, जेठ १३, २०८३
प्रतिक्रिया दिनुहोस्