काठमाडौं- दक्षिण एसियाली संघीयतावादीको भेलाले महिला, बन्दुक र लागूऔषधको तस्करी सीमापार व्यापार एउटै माफिया समूहले संयुक्त रूपमा सञ्चालन गरिरहेको निष्कर्ष निकालेका छन्। शुभश्री कलेज अफ म्यानेजमेन्टमा भएको भेलाले उक्त निष्कर्ष निकालेको हो
भेलामा बन्दुक नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सल्लाहकार डा.जेम्स अर्पुथराज विलियम्सले सीमापार अपराध सञ्जाललाई तोड्न क्षेत्रीय सहकार्य अनिवार्य रहेको बताए। संयुक्त राष्ट्र संघीय शान्ति तथा निशस्त्रीकरण केन्द्रका निर्देशक दीपायन बसुले साना हतियार नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्र संघको कार्य कार्यक्रमलाई नेपालले थप गम्भीरताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
-1779693377.jpg)
कार्यक्रमकी प्रमुख अतिथि रीना उप्रेतीले नेपालमा बन्दुकको स्वामित्वलाई कडाइका साथ नियमन नगरे द्वन्द्वको जोखिम फेरि बढ्न सक्ने चेतावनी दिइन्। उनले स्वर्गीय राजा वीरेन्द्रले परिकल्पना गरेको क्षेत्रीय शान्तिका लागि संयुक्त राष्ट्र संघलाई सशक्त बनाउनु आजको आवश्यकता भएको बताइन्।
शुभश्री कलेजकी प्रिन्सिपल मनिता ओली बस्नेतका अनुसार यो कार्यक्रम जुन १ देखि संयुक्त राष्ट्र संघ मुख्यालयमा हुने SALW सम्बन्धी UN POA को नवौं द्विवार्षिक बैठक (BMS9) मा सहभागी हुने नेपाली प्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताइन्।
सेमिनारमा एसियाबाट हाइब्रिड माध्यममा सहभागी भएका युवाहरूले गैर-राज्य पक्षहरूलाई हतियार निर्यातमा पूर्ण प्रतिबन्ध र विश्वभर हतियारको अत्यधिक उत्पादनमा नियन्त्रणको माग गरेका छन्। सहभागीहरूले 'पहिले हतियार बेच्न उत्पादन गरिन्थ्यो, अहिले युद्धहरू नै हतियार बेच्नका लागि लडाइन्छ' भन्ने निष्कर्ष निकालेका छन।