मंगलबार, जेठ ५, २०८३

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

 |  सोमबार, जेठ ४, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ४, २०८३

काठमाडौं। राजधानीमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि छ विकेटको जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितको लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। 

National life

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ९८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ७४ रनको योगदान गरेका हुन्। इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्काको सहायतामा ५५ रन बनाउँदै मैदानबाट बाहिरिए भने आसिफ शेखले २९ रन जोड्दा कुशल भुर्तेलले २८ रन जोडे।

बलिङतर्फ स्कटल्यान्डका लागि मार्क वाटले दुई विकेट लिँदा ब्राण्डन म्याकमुलनले एक विकेट झारे। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटियो। 

स्कटल्यान्डका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रनको योगदान दिए। उनले ४४ बलमा छ चौका र छ छक्का प्रहार गर्दै ७३ रनको योगदान गरेका हुन्। त्यसैगरी माइकल इङ्ग्लिसले चार चौका र एक छक्काको सहायतामा ५१ रन बनाए। जर्स मुन्सीले २१ रन बनाउँदा मार्क वाटले २० रन जोडे। 

बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछानेले तीन विकेट झारे। त्यस्तै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले समान एक/एक विकेट लिए। यो जितसँगै विभिन्न आठ राष्ट्र सहभागी यस प्रतियोतिगामा नेपाल २२ अङ्कका साथ अङ्क तालिकाको पाँचाैँ स्थानमा उक्लिएको छ। यता पराजित स्कटल्यान्ड भने ३८ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा यथावत छ।

Shivam cement

प्रकाशित: May 18, 2026| 17:37 सोमबार, जेठ ४, २०८३
प्रतिक्रिया दिनुहोस्