सोमबार, जेठ ४, २०८३

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

 |  सोमबार, जेठ ४, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ४, २०८३

National life

काठमाडौं- बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। 

आज बिहान करिब ७:२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा वर्षातको कारण माथिबाट पहिरो खस्दा सडकमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।    
    
अवरुद्ध भएका सडक तथा राजमार्गमा सवारी गर्दा सावधानी अपनाउन प्रहरीले यात्रुहरुलाई आग्रह गरेको छ।

प्रकाशित: May 18, 2026| 13:52 सोमबार, जेठ ४, २०८३
प्रतिक्रिया दिनुहोस्