आइतबार, जेठ ३, २०८३

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई जना पक्राउ

 |  आइतबार, जेठ ३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३, २०८३

सिरहा- सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ।

National life

जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाका अनुसार विशेष सुराकीका आधारमा गण मुख्यालयबाट खटिएको ३५ सदस्यीय टोलीले शनिबार राति करिब ९:०० बजे स१ख ५३५ नम्बरको टाटा टुटोन गाडीलाई शङ्कास्पद अवस्थामा रोकी जाँच गरेको थियो।

जाँचका क्रममा गाडीमा लुकाईछिपाई राखिएको कस्मेटिक सामग्री, मन्जन (टुथपेस्ट) तथा ओखर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको सामान र गाडीको अनुमानित बजार मूल्य करिब रु ४० लाख रहेको बताइएको छ।

घटनामा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ निवासी अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३९ वर्षीय आनन्द यादवलाई पक्राउ गरिएको छ।

पक्राउ परेका दुवै व्यक्ति, बरामद सामान तथा गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए। सीमा क्षेत्रमा हुने यस्ता अवैध गतिविधि र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप तीव्र बनाएको उनको भनाइ छ।

प्रकाशित: May 17, 2026| 13:55 आइतबार, जेठ ३, २०८३
प्रतिक्रिया दिनुहोस्