मंगलबार, भदौ २३, २०८३

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

 |  शुक्रबार, जेठ १, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १, २०८३

लमजुङ- मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको छ। बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले सोही स्थानका ७४ वर्षीय महनिधि सेढाइँलाई ठक्कर दिँदा निजको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार मोटरसाइकल चालक २० वर्षीय विकेश तामाङ घाइते भएका छन्। निजको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचार जारी छ।

प्रकाशित: May 15, 2026| 12:29 शुक्रबार, जेठ १, २०८३
प्रतिक्रिया दिनुहोस्