बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वाचापत्र सार्वजनिक गर्दै नवजीवन सहकारीको सञ्चालक सदस्यमा जयराज जोशीको स्वतन्त्र उम्मेदवारी

वाचापत्र सार्वजनिक गर्दै नवजीवन सहकारीको सञ्चालक सदस्यमा जयराज जोशीको स्वतन्त्र उम्मेदवारी

 |  बिहीबार, वैशाख ३१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३१, २०८३

धनगढी। नवजीवन सहकारी संस्थाको आगामी साधारणसभा तथा निर्वाचनको सरगर्मी बढेको छ। सहकारीको आगामी नेतृत्व चयनका लागि विभिन्न पदमा आकांक्षीहरू सक्रिय बनेसँगै संस्थाभित्र चुनावी माहोल तातेको हो।

National life

यसैबीच आज सहकारीको सदस्य पदका स्वतन्त्र उम्मेदवार जयराज जोशीले आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्। उनले सहकारीको पारदर्शिता, सदस्यको बचत सुरक्षालाई प्राथमिकता, ऋण प्रवाहलाई व्यवस्थित बनाउने तथा संस्थाको आर्थिक अवस्था थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

सहकारीलाई आधुनिक प्रविधिमैत्री बनाउने, युवाको सहभागिता बढाउने र सदस्यमैत्री सेवा विस्तार गर्ने योजनासमेत उनले सार्वजनिक गरेका छन्।

जोशीले सहकारीप्रतिको सदस्यहरूको विश्वासलाई कायम राख्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन्। उनले संस्थागत सुधार, सुशासन र सहकारीको दिगो विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताए।

नवजीवन सहकारी संस्था धनगढीमा रहेर बैंकिङ सेवा दिँदै आएको छ। उक्त सहकारी बैंकिङ सेवा प्रवाहको इजाजत प्राप्त पहिलो सहकारी हो।

सहकारीको नेतृत्वका लागि तीन छुट्टाछुट्टै प्यानल बने पनि जोशीले भने स्वतन्त्र रुपमा सदस्यमा उम्मेदवारी दिएका हुन्। उनले लामो समयदेखि धनगढीमा रहेर सामाजिक सेवाका क्षेत्रमा सक्रिय छन्।

उनी कैलाली जनपुस्तकालयमा सदस्य, तारानगर सामुदायिक बनमा सदस्य, सदाचारका लागि सामाजिक पहलको उपाध्यक्ष, विकासमा सिर्जनशीलता नेपालको सल्लाहकार रहेर काम गरिरहेका छन्। यस्तै जोशीसँग चार कार्यकाल नेपाल लेखापडी कानुन व्यवसायी एशोसियएनको केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजक भएर काम गरेको अनुभव छ। 

प्रकाशित: May 14, 2026| 14:53 बिहीबार, वैशाख ३१, २०८३
प्रतिक्रिया दिनुहोस्