बिहीबार, वैशाख ३१, २०८३

हरिवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

 |  बिहीबार, वैशाख ३१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३१, २०८३

National life

सर्लाही- यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ। उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले आजबिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको थियो। 

ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार  बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

प्रकाशित: May 14, 2026| 11:25 बिहीबार, वैशाख ३१, २०८३
प्रतिक्रिया दिनुहोस्