शुक्रबार, वैशाख १८, २०८३

विश्वकप लिग-२ः युएईमाथि नेपालको जित

 |  शुक्रबार, वैशाख १८, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १८, २०८३

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)माथि जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल वर्षाले प्रभावित बनेको खेलमा नेपालले युएईलाई डिएल मेथडका आधारमा छ रनले पराजित गरेको हो। डिएल मेथडका आधारमा नेपालले दिएको २५५ रनको बलियो लक्ष्य युएईले ३८ ओभरको समाप्तिमा सात विकेट गुमाउँदै २४८ रनमा समेटियो।

National life

युएईका लागि मुहम्मद शहदादले सर्वाधिक ६५ रनको योगदान दिए। त्यस्तै खुजैमा तनवीरले ४९ बनाए। त्यसअघि नेपालले दिएको २९० रनको लक्ष्य पछ्याइरहेको युएईले ४.१ ओभरमा एक विकेट गुमाउँदै ३६ रन जोड्दा वर्षा बाधक बनेको थियो। त्यसपछि खेल करिब ४५ मिनेट रोकिन पुग्यो र अन्तत खेललाई ३८ ओभरमा झारिएको थियो।

नेपालको जितमा बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। त्यस्तै सोमपाल कामी र नन्दन यादवले समान दुई-दुई विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ९४ बलमा १३ चौका र एक छक्काको मद्दतमा १०० रनको शानदार शतक प्रहार गरे। उनी अन्तिम बलमा रनआउट भएका थिए। मध्यक्रममा गुल्शन झाले पनि आक्रामक खेल देखाउँदै ३८ बलमा ४४ रन जोडे। ओपनर विनोद भण्डारीले संयमित इनिङ्स खेल्दै ७९ बलमा ५६ रन बनाए भने कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए। अर्जुन कुमालले ११ रन बनाउँदा भीम सार्कीले खाता नै खोल्न सकेनन्। आरिफ शेखले ११ रन थपे।

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो। युएईका लागि जुनैद सिद्दीकी र अजय कुमारले समान दुई-दुई विकेट लिए भने हैदर अली र खुजैमा तनवीरले एक-एक विकेट हात पारे।

प्रकाशित: May 01, 2026| 19:38 शुक्रबार, वैशाख १८, २०८३
प्रतिक्रिया दिनुहोस्