बुधबार, भदौ २४, २०८३

सार्वजनिक यातायातको भाडा बढ्यो

 |  बुधबार, वैशाख १६, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १६, २०८३

काठमाडौं- सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिएको बताएको हो।

यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ। डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ।

बढेको भाडा विद्युतीय सवारीमा भने लागू हुने छैन।

प्रकाशित: Apr 29, 2026| 12:34 बुधबार, वैशाख १६, २०८३
प्रतिक्रिया दिनुहोस्