सोमबार, असार १५, २०८३

हुरीसहितको वर्षाले हिउँलेबालीमा क्षति

 |  बुधबार, वैशाख १६, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १६, २०८३
National life
Shivam cement

पोखरा- पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा क्षति पुर्‍याएको छ। पोखरा र आसपासका क्षेत्रमा समान्यतः हरेक दिन साँझ हुरी तथा चट्याङसहितको वर्षाले विशेषगरी लहरे तरकारी, मकैबाली आदिमा क्षति पुर्याएको किसान बताउँछन्।

१५ दिनअघि आएको असिनाका कारण तरबुजा, काँक्रोजस्ता लहरे बालीमा क्षति पुर्‍याएकोमा केही दिनयता आउन थालेको हुरी तथा चट्याङसहितको पानीले तरकारीखेतीसँगै पशुधनमा समेत क्षति पुगेको पोखरा– ३३ सुरौदीमा सञ्चालित तिखेढुङ्गा पशुपालन तथा कृषि फार्मका सञ्चालक रमेश आचार्यले जानकारी दिए।

मंगलबार दिउँसोको हुरीसहित चट्याङ पर्दा फार्ममा पालिएको भैँसीको मरेको उनले बताए। कृषिमा केही गरौँ भनेर लागे पनि प्रकृतिजन्य जोखिमले आफूहरू बेलाबखत मर्कामा पर्ने गरेको जनाउँदै उनले किसानको पीडालाई राज्यले बुझ्नुपर्ने बताए।

प्रकाशित: Apr 29, 2026| 08:36 बुधबार, वैशाख १६, २०८३
प्रतिक्रिया दिनुहोस्