बुधबार, भदौ २४, २०८३

फरार कैदी रुपन्देहीबाट पक्राउ

 |  बुधबार, वैशाख १६, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १६, २०८३

भैरहवा- सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मङ्गलबार  पक्राउ गरिएको हो।

प्रहरीका अनुसार थारु गत भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँमा भएको तोडफोड तथा आगजनीका क्रममा फरार भएका थिए। पक्राउ परेका थारुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित: Apr 29, 2026| 06:58 बुधबार, वैशाख १६, २०८३
प्रतिक्रिया दिनुहोस्