बुधबार, भदौ २४, २०८३

बेपत्ता राई पाँच दिनपछि मृतावस्थामा फेला

 |  सोमबार, वैशाख १४, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १४, २०८३

उदयपुर- सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई  पाँचदिनपछि मृतावस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३:०० बजे नदीमा बेपत्ता भएका थिए।

स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए। घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि १८ कोश उत्तरी पहाडी क्षेत्रमा रहेको छ।

प्रकाशित: Apr 27, 2026| 13:56 सोमबार, वैशाख १४, २०८३
प्रतिक्रिया दिनुहोस्