आइतबार, कात्तिक १५, २०८३

आज दिनभरको मौसम कस्तो रहला ?

 |  आइतबार, वैशाख १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १३, २०८३

काठमाडौं- पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ। 

कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा  तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Apr 26, 2026| 21:30 आइतबार, वैशाख १३, २०८३