आइतबार, वैशाख १३, २०८३

१२ दिनमा चार सय २२  विपद्का घटना

 |  आइतबार, वैशाख १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १३, २०८३

National life
kumari

काठमाडौं- वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको निधन भएको छ भने विपद्मा परेर ७३ घाइते भएका छन्।

प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन्। त्यस्तै, डुङ्गा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुईवटा घटना घटेका छन्।

विपद्मा परेर सो अवधिमा मात्रै ५२७ घटना घटेका छन्। यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन्। कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन्।

प्रकाशित: Apr 26, 2026| 07:26 आइतबार, वैशाख १३, २०८३
प्रतिक्रिया दिनुहोस्