मंगलबार, साउन १२, २०८३

खप्तड छेडेदह-६ का वडाध्यक्ष विष्टको निधन

 |  बिहीबार, वैशाख १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १०, २०८३

बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको  उमेरमा गएराति निधन भएको छ। 

गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए। 

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहनुभएका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए।

प्रकाशित: Apr 23, 2026| 09:03 बिहीबार, वैशाख १०, २०८३
प्रतिक्रिया दिनुहोस्