मंगलबार, वैशाख ८, २०८३

उदयपुरको बेल्टार बजारमा आगलागी, दुई जनाको मृत्यु

 |  मंगलबार, वैशाख ८, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ८, २०८३

National life
kumari

उदयपुर- उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। 
    
बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काका घरमा आज विहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्र्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए।  उनका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रण गर्नका लागि छिमेकी त्रियुगा र चौदण्डी गढी नगरपालिकाका दमकल र प्रहरी तथा स्थानीय जनताको सहभागिता रहेको थियो। 

आगलागी विद्युत् चुहावट भएर हो वा अन्य कारणले हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको जनाइएको छ। आगलागीका कारण रु ६६ लाख बराबरको भौतिक क्षति भएका प्रहरीले बताएको छ।

यसैबीच, उदयपुको बेलका नगरपालिका–३ सातपत्रेमा गए राति जन्ती बोकेको बसले मोटरसाइकलमा ठक्कर दिँदा घटनास्थलमा नै एक युवकको मृत्यु भएको छ।  मृत्यु हुने युवा बेलका–३ सातपत्रेका २७ वर्षीय रोमन बस्नेत रहेका छन्। प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सातपत्रेबाट रामपुर बजारतिर जाँदै गरेको बस्नेतलाई सातपत्रे नजिकै चौदण्डी गढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले ठक्कर दिँदा बस्नेतको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 21, 2026| 10:03 मंगलबार, वैशाख ८, २०८३
प्रतिक्रिया दिनुहोस्