मंगलबार, वैशाख ८, २०८३

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

 |  मंगलबार, वैशाख ८, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ८, २०८३

National life
kumari

चितवन- नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष (आव)मा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयसम्म विद्युत महसुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो।

उनीहरुबाट एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठान बाँकी रहेको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिए। उनका अनुसार लामो समयसम्म बक्यौता नतिरेका उनीहरुलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको हो। केन्द्रले बक्यौता उठाउनका लागि यस आर्थिक वर्षमा एक हजार ८२६ जना ग्राहकको विद्युत लाइन काटेको छ। ६ महिनासम्म पनि विद्युत् महसुल नतिरेका ग्राहकको लाइन काटिएको उनले बताए।

केन्द्रमा हाल ७४ हजार ८७६ ग्राहक रहेका छन्। ती ग्राहकबाट ४९ करोड चार लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको उनले जानकारी दिए। बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्नेलगायतका काम गरिरहेको उनले बताए। उनले भने, ‘बक्यौता असुलीका लागि कर्मचारीहरुले नियमित रुपमा काम गरिरहेका छन्।’

प्रकाशित: Apr 21, 2026| 09:58 मंगलबार, वैशाख ८, २०८३
प्रतिक्रिया दिनुहोस्