शनिबार, कात्तिक २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, हिमाली भूभागमा वर्षा, तराई क्षेत्रमा तातो हावा चल्ने

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, हिमाली भूभागमा वर्षा, तराई क्षेत्रमा तातो हावा चल्ने

 |  मंगलबार, वैशाख ८, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ८, २०८३

काठमाडौं- हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ। 

Machhapuchchhre

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भू–भागका एक–दुई स्थानमा  मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ। 

साथै मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ।

महाशाखाका अनुसार आज राति हिमाली भू–भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: Apr 21, 2026| 06:54 मंगलबार, वैशाख ८, २०८३