आइतबार, वैशाख ६, २०८३

लागूऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

 |  शुक्रबार, वैशाख ४, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ४, २०८३

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ।

National life

 स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट   ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एक, चितवनको रत्ननगर नगरपालिका–११ बटर टोलबाट एक,  रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ हात्तीसुडबाट दुई, झापाको कनकाई नगरपालिका–३ सुरूङगाबाट पाँच  र सोही नगरपालिकाको टप्पु चोकबाट दुई जनालाई पक्राउ गरिएको छ। 

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–११ बाट दुई, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट दुई र दाङको राप्ती गाउँपालिका–१ बाट दुई जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो।

प्रकाशित: Apr 17, 2026| 13:47 शुक्रबार, वैशाख ४, २०८३
प्रतिक्रिया दिनुहोस्