आइतबार, वैशाख ६, २०८३

ललितपुर महानगरमा फोहोर उठाउन विद्युतीय गाडी

 |  शुक्रबार, वैशाख ४, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ४, २०८३

काठमाडौं- ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त शहर बनाउने नीति अन्तर्गत ११ वटा नयाँ विद्युतीय फोहोर संकलन भ्यानहरू सञ्चालनमा ल्याएको छ।

National life

महानगरपालिकाले वातावरणमैत्री शहर बनाउने आफ्नो अभियानलाई थप सशक्त बनाउँदै ११ वटा विद्युतीय फोहोर संकलन गाडीहरू सञ्चालनमा ल्याएको हो। महानगर प्रमुख चिरिबाबु महर्जन र फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिकले एक विशेष कार्यक्रमका बीच यी गाडीहरू हस्तान्तरण गरे।

फोटोन कम्पनीका यी लाइट ड्युटी ट्रक विशेष गरी ललितपुरका पुराना र साँघुरा गल्लीहरूमा सहजै जानसक्ने गरी डिजाइन गरिएका छन्। ४.९ मिटरको टर्निङ रेडियस भएका यी गाडीहरूले महानगरको फोहोर व्यवस्थापनमा क्रान्तिकारी सुधार ल्याउने विश्वास गरिएको छ।

उनले उपलब्ध भएसम्म अब पेट्रोल र डिजेलबाट चल्ने गाडी नचल्ने बताए। महानगरकाअनुसार यी गाडीहरूमा ‘इलेक्ट्रिक बुम’ जडान गरिएको छ, जसले गर्दा फोहोर खन्याउन थप जनशक्तिको आवश्यकता पर्दैन।

साथै, सबै गाडीहरूमा जीपीएस जडान गरिएको छ, जसले गर्दा गाडीको अवस्था र रुटको रियल–टाइम अनुगमन गर्न सकिनेछ। ‘हामीले एउटा नीति बनाएका छौं - जहाँसम्म उपलब्ध हुन्छ, हामी पेट्रोल र डिजेलबाट चल्ने गाडी किन्दैनौं। यो हाम्रो नगर सभाबाट अनुमोदन भएको नीति हो। ललितपुरलाई उज्यालो र हरियाली सहर बनाउने हाम्रो साझा प्रयासमा यो नयाँ अध्याय थपिएको छ’ उनले भने।

kumari

यो पहलले वातावरण संरक्षण मात्र नभई महानगरको खर्चमा पनि ठूलो कटौती गर्ने उनको विश्वास छ। डिजेल गाडीको तुलनामा विद्युतीय गाडी सञ्चालन गर्दा वार्षिक करिव ७० लाख रुपैयाँ वचत हुने महानगरको प्राविधिक अध्ययनले देखाएको छ।

प्रकाशित: Apr 17, 2026| 11:19 शुक्रबार, वैशाख ४, २०८३
प्रतिक्रिया दिनुहोस्