शनिबार, कात्तिक २१, २०८३

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

 |  बिहीबार, वैशाख ३, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३, २०८३

धनुषा- मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ। 

Machhapuchchhre

गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिनुभयो। रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन्। 

आगो जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो। 

यसैबीच, क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै केही दिन लाग्ने ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो। आगलागीको कारण खुलेको छैन।

प्रकाशित: Apr 16, 2026| 23:38 बिहीबार, वैशाख ३, २०८३