मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • देशभरका स्थानीय तहले आजदेखि 'व्यक्तिगत घटना दर्ता सप्ताह' सञ्चालन गर्दै

देशभरका स्थानीय तहले आजदेखि 'व्यक्तिगत घटना दर्ता सप्ताह' सञ्चालन गर्दै

 |  बुधबार, वैशाख २, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २, २०८३

काठमाडौं- देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम गरि आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ। यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन्। त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ।

विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको छ।

प्रकाशित: Apr 15, 2026| 08:47 बुधबार, वैशाख २, २०८३
प्रतिक्रिया दिनुहोस्