मंगलबार, वैशाख १, २०८३

५४ फर्ममा वाणिज्य विभागको अनुगमन

 |  मंगलबार, वैशाख १, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १, २०८३

काठमाडौं- बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ। एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको हो।

National life

कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले एकैदिन ५४ वटा फर्ममा अनुगमन गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले उल्लेख गरेको छ। विभागले काठमाडौँ महानगरपालिका–१४ मा अवस्थित खसीबजार आसपासका क्षेत्रमा अनुमगन गरेको थियो।

विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मी, सरोकार भएकाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजारको अनुमगन गर्दै आएको जनाएको छ।

प्रकाशित: Apr 14, 2026| 07:05 मंगलबार, वैशाख १, २०८३
प्रतिक्रिया दिनुहोस्