काठमाडौं- प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरुको साथबाट खैरो हेरोइन २२४ ग्राम र अफिम ५२ ग्रामसहित १० जनालाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ।
सो ब्युरोबाट खटिएको प्रहरीले झापा गौरीगञ्ज गाउँपालिका–३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौँ महानगरपालिका ३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो।
यसैगरी, दोलखा शैलुङ गाउँपालिका–२ घर भएका ३६ वर्षीय सुकमान तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भएका २९ वर्षीय पवन लामा, कास्की घर भएका ४८ वर्षीय रोहितबहादुर राना र पर्सा ठोरी गाउँपालिका–४ घर भएका ३५ वर्षीय विशाल विकलाई खैरो हेरोइन ९८ ग्राम ७६० मिलिग्रामसहित पक्राउ गरेको हो।
यसैगरी, काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई किलो ९६० ग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रीलङ्कन एयरलाइन्सको उडानद्वारा कोलम्बोबाट काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो।