आइतबार, चैत २९, २०८२

भरौल गोल्डकपको उपाधि आरटीएफसी मलेसियालाई

 |  आइतबार, चैत २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०८२

धरान (सुनसरी)। नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ।

National life

आज सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले मोरङको पथरी–११ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। 

उपाधिसँगै आरटीएफसीले नगद चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता पथरी–११ फुटबल क्लबले नगद दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पथरी–११ का मिलन राई घोषित भएका छन्। उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे। यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो।

प्रकाशित: Apr 12, 2026| 22:43 आइतबार, चैत २९, २०८२
प्रतिक्रिया दिनुहोस्