आइतबार, चैत २९, २०८२

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

 |  आइतबार, चैत २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०८२

काठमाडौं- दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ।

National life

आगामी २ वैशाखदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ। कार्यतालिकाअनुसार स्थलगत तथ्यांक सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ। गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित भएका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह गरेका छन्। उनले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्यांक सङ्कलनको महत्त्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गरेका छन्।

सो गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुनेछ। गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजीक्षेत्र सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलनको उद्देश्य राखिएको छ।

देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक सङ्कलन गरिनेछ। त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिनेछ।

kumari

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भएको थियो। यस्तै, यही चैतको सुरुमा नै ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएको छ। ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ।

तथ्यांक कार्यालयले सबै सरोकार भएकालाई सही र पूर्ण विवरण उपलब्ध गराएर अभियानलाई सफल बनाउन आग्रह गरेको छ। आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको कार्यालयले स्पष्ट पारेको छ।

यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो। सो गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेका विवरण सार्वजनिक भएको थियो।

प्रकाशित: Apr 12, 2026| 07:20 आइतबार, चैत २९, २०८२
प्रतिक्रिया दिनुहोस्