मंगलबार, साउन १२, २०८३

साथी मारेर फरार भएका चार जना पक्राउ

 |  बिहीबार, चैत २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०८२

काठमाडौं- भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सोही नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार पक्राउ गरिएको हो।

तामाङलाई कुटपिट गरेर उनीहरूले मारेको सूचना स्थानीयले दिएपछि प्रहरी चौकी बोयाँबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ।

प्रकाशित: Apr 09, 2026| 06:58 बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्