मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध

सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध

 |  मंगलबार, चैत २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०८२

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानूनबमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदाताहरूमा अनुरोध गरेको छ।

National life

मन्त्रालयले विज्ञप्ति जारी गरी ऐन विपरीत न्यूनतम पारिश्रमिकलगायत सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानूनी व्यवस्था हुने व्यहोरा जानकारी गराँउदै कानूनको स्वतःस्फूर्त परिपालना गर्न पनि सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकार भएकाहरूलाई आग्रह गरेको छ।

श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) मा तालिमीको रूपमा काममा लगाइएका व्यक्तिलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चयकोष, बिमालगायत सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनुपर्ने स्पष्ट कानूनी व्यवस्था छ।

मन्त्रालयले भनेको छ, ‘यस मन्त्रालयमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिमी श्रमिकका रूपमा कार्यरत स्वास्थ्यकर्मी÷नर्सिङ्ग स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, साथै अन्य विभिन्न प्रतिष्ठानमा कार्यरत व्यक्तिबाट तोकिए बमोजिमको न्यूनतम पारिश्रमिक तथा अन्य सुविधा नपाएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएका छन, यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

प्रकाशित: Apr 07, 2026| 07:29 मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्