सोमबार, चैत २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात

 |  सोमबार, चैत २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०८२

काठमाडौं- हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

National life

 गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।

प्रकाशित: Apr 06, 2026| 07:06 सोमबार, चैत २३, २०८२
प्रतिक्रिया दिनुहोस्