मंगलबार, साउन १२, २०८३

लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

 |  बिहीबार, चैत १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०८२

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
    
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका–६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका–१० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको छ।

त्यसैगरी, धनुषाधाम नगरपालिका–९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका–५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका–१ भरुवाबाट एक जनालाई पक्राउ गरिएको छ।

त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको छ। 

केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ। उनीहरू बुधबार पक्राउ परेका हुन्।

प्रकाशित: Apr 02, 2026| 11:20 बिहीबार, चैत १९, २०८२
प्रतिक्रिया दिनुहोस्