मंगलबार, साउन १२, २०८३

महाकालीमा बगेर एक जना बेपत्ता

 |  बुधबार, चैत १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०८२

बैतडी- महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उहाँ आज बिहान बेपत्ता भएका हुन्। उनको खोजी जारी छ। 

यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव  सोमबार सोही नदीकिनारमा फेला परेको जनाइएको छ।

प्रकाशित: Apr 01, 2026| 11:14 बुधबार, चैत १८, २०८२
प्रतिक्रिया दिनुहोस्