आइतबार, कात्तिक २२, २०८३

सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

 |  मंगलबार, चैत १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०८२

काठमाडौं- सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्। प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले जिम्मेवारी सम्हालेकी हुन्।

Machhapuchchhre

संविधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिने व्यवस्था छ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि भने संवैधानिक परिषद् पूर्ण हुन बाँकी रहेकाले प्रक्रिया केही समय लाग्ने देखिएको छ।

संसद् सञ्चालन, संसदीय सुनुवाइ र राष्ट्रपतिबाट नियुक्तिपछि मात्रै स्थायी प्रधानन्यायाधीश टुंगो लाग्नेछ।

प्रकाशित: Mar 31, 2026| 21:41 मंगलबार, चैत १७, २०८२