आइतबार, चैत १५, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

 |  आइतबार, चैत १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०८२

काठमाडौं- देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घनामा पाँच जनाको मृत्यु भएको छ। 

National life

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीको, सोनमा गाउँपालिका–५ खैरबनी गाउँमा मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही गाउँपालिका–४ खेस्राहाका १९ वर्षीय रामजीवन साहको मृत्यु भएको हो। 

यसैगरी, गुल्मीको चन्द्रकोट गाउँपालिका–४ रिपास्थित सडकमा चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेको जिपको ठक्करबाट सोही स्थानकी  ५५ वर्षीया तुलसी थापाको मृत्यु भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा काठमाडौँबाट हेटौँडातर्फ गइरहेको जिप उदयपुरको त्रियुगा नगरपालिका–११ सङ्गमचोक निवासी ८६ वर्षीय गोरे राईको ठक्करबाट मृत्यु भएको छ। 

समाचारकक्षले आज प्रकाशन गरेको समाचार बुलेटिनअनुसार  सिरहाको धनगढीमाई नगरपालिका–६ मा मुसर्नियाबाट दहीपुरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पैदलयात्री सोही स्थानकी उर्मिलादेवी महतो साँझ मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–१२ आस्थाचोकमा मोटरसाइकल दुर्घटना हुँदा तनहुँको रिसिङ गाउँपालिका–३ का २१ वर्षीय टोनबहादुर आलेमगरको मृत्यु भएको छ।

प्रकाशित: Mar 29, 2026| 13:05 आइतबार, चैत १५, २०८२
प्रतिक्रिया दिनुहोस्