बुधबार, साउन १३, २०८३

पूर्व गृहमन्त्री रमेश लेखक कटुञ्जेबाट पक्राउ

 |  शनिबार, चैत १४, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०८२

भक्तपुर- पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ। जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
    
सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरी काठमाडौँ लगेको छ। 
 

प्रकाशित: Mar 28, 2026| 09:06 शनिबार, चैत १४, २०८२
प्रतिक्रिया दिनुहोस्