बिहीबार, चैत १२, २०८२

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 |  बिहीबार, चैत १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०८२

काठमाडौं- नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ।
 
बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै आज १:३० बजे सल्लाहकार समिति बैठक पनि बोलाएको छ। 

National life

बारका महासचिवमा केदारप्रसाद कोईरालाले भने, ‘न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक असर पुग्ने गरी प्रतिवेदन आएको छ, यसमा हाम्रो असहमति छ। यसबारे कानुन व्यवसायीबीच गम्भीर छलफल हुनेछ।’

न्याय सुलभ पार्न वकिलको ‘फि’लगायत विकृति र विसङ्गति फाँड्ने तथा न्यायलाई वकिलको स्वर्ग हुनबाट बचाउनु पर्नेलगायतका विषय प्रतिवेदनमा उल्लेख छ। 

‘सर्वसाधारणको न्यायमा पहुँच नहुनु, नेपाली नागरिकले सुलभ तरिकाले न्याय पाउन सक्ने स्थिति छैन भनिन्छ। पहुँच र पैसा नहुनेका लागि न्याय धेरै टाढाको विषय भएको छ। पक्षको तर्फबाट वहस गर्नुपर्ने वकिल त यति खर्चिला छन् की साधारण निवेदन लेखिदिएको मात्र पनि हजारौँ असूल गर्दछन्’, प्रतिवेदनमा भनिएको छ।

प्रकाशित: Mar 26, 2026| 11:58 बिहीबार, चैत १२, २०८२
प्रतिक्रिया दिनुहोस्