बुधबार, चैत ११, २०८२

तीन वटा फर्मलाई जरिवाना

 |  बुधबार, चैत ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०८२

काठमाडौं- स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ।

National life

विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ। यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार जरिवाना गरेको छ।

स्थलगत अनुमगनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो। ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गरिएको हो।

थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ।

प्रकाशित: Mar 25, 2026| 07:17 बुधबार, चैत ११, २०८२
प्रतिक्रिया दिनुहोस्