सोमबार, जेठ २५, २०८३

झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  मंगलबार, चैत १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०८२
National life
Shivam cement

झापा- यहाँस्थित कचनकवल गाउँपालिका–४ मा सवारी साधान(सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ।
 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गए राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो। सो दुर्घटना चालक गणेश गम्भीर घाइते भएका थिए।
 
उहाँलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल उपचारका लागि पठाइएकामा  अस्पताल पुर्याएलगत्तै उहाँलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरी सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 24, 2026| 07:40 मंगलबार, चैत १०, २०८२
प्रतिक्रिया दिनुहोस्