काठमाडौं- हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो देशको पहाडी र हिमाली भु-भागमा साधारणतया र तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केहि स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भु-भागका थोरै स्थानहरूमा भने मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति देशको पहाडी र हिमाली भू-भागमा साधारणतया र तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाको पूर्वानुमान छ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।