आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवनलाई, सञ्जय एक स्ट्रोकले पराजित

सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवनलाई, सञ्जय एक स्ट्रोकले पराजित

 |  आइतबार, चैत ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०८२

पोखरा- सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। इभन-पार ६९ खेलेका उनले समग्रमा ३-अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल रहे।

National life

उनको यो करियर १४औं उपाधि हो याे उपाधिसँगै उनले नगद १ लाख ७० हजार प्राप्त गरे। यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए।

आज ४-अन्डर ६५ खेल्दै समग्रमा २-अन्डर २ सय ५ को स्कोरमा सञ्जय दोस्रो भए भने उनले नगद १ लाख २५ हजार हात पारे, एमेच्योर राहुल विश्वकर्माले ४-अन्डर ६५ को स्कोरकार्ड बनाएर समग्रमा १-अन्डर २ सय ६ सहित तेस्रो भए।धरानका गल्फर शुक्र बहादुर राईले ४-ओभर ७३ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा २-ओभर २ सय ९ सहित चौथो भएका छन। 

प्रोतर्फ तेस्रो भएका उनले नगद १ लाख आफ्नो नाममा लेखाए जयराम श्रेष्ठले आज ६-ओभर ७५ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ७-ओभर २ सय १४ सहित पाँचौं स्थानमा चित्त बुझाउदै उनले ८२ हजार प्राप्त गरे।

पोखराका घरेलु गल्फर भुबहादुर गुरुङ छैटौं भए भने उनले समग्रमा ८-ओभर २ सय १५ स्कोर बनाए। आजको खेल ३-ओभर ७२ मा पुरा गरे उनले नगद ७२ हजार पाएका छन।‌ समग्रमा १०-ओभर २ सय १७ सहित भुवन कुमार रोक्का र दिनेश प्रजापतिले संयुक्तरुपमा सातौं स्थान बाँडेका छन भुवनले ३-ओभर ७२ र दिनेशले २-अन्डर ६७ को स्कोर निकाले उनीहरूले समान ६५ हजार प्राप्त गरे।

Laxmi sunrise bank
kumari

यस्तै समग्रमा १२-ओभर २ सय १९ बनाएका तोरण विक्रम शाही नवौं हुँदै ५१ हजारको हकदार बने  उनले २-ओभर ७१ मा खेल सकाए, १३-ओभर २ सय २० स्कोर बनाएका रमेश अधिकारी र सुरेश तामाङ संयुक्तरुपमा दशौं भए, रमेशले ७-ओभर ७६ र सुरेशले ६-ओभर ७५ मा खेल सकाए। उनिहरुले ४४ हजार नगद पुरस्कार हात पारे।

भुवनसँग अन्तिम १८ होलको खेल सकिंदा मात्र १ स्ट्रोकको अग्रता थियो तर शुक्र र जयरामले सुरूवातदेखि नै खेल बिगार्दा भुवनलाई सजिलो भयो, छैटौं होलमा बोगी खेपेका उनले आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन इभन-पार ३४ मा सकाएर बाकी नौ होलमा शुक्र र जयरामले टक्कर दिन नसके पनि सञ्जय लामाले चुनौती दिएका थिए। भुवनले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाउँदै एक स्ट्रोकको जित निकाल्न सफल भएका हुन् भुवनले १० औं र १३ औं होलमा बर्डी तथा १२ औं र १७ औं होलमा एक-एक सट खेर फालेका थिए।

सञ्जयले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाउने क्रममा पहिलो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दै दोस्रो र छैटौ होलमा एक-एक सट खेर फाले, ब्याक नाइनमा उनले पाँच वटा होलमा बर्डी प्रहार गरे भने १० औं होलमा र यसपछि १४ देखि १७ होलसम्म लगातार चार बर्डी प्रहार गरे, तर १२ औं र १८ औं होलको बोगीले ब्याक नाइन ३-अन्डर ३२ मा पुरा गरेका थिए।

एमेच्योर राहुलले सातौं होलको बोगीका विरूद्ध पहिलो र पाँचौं होलमा एक-एक सट बचाए फ्रन्ट नाइन १-अन्डर ३३ खेले, यसपछि ४-पारको १३ औं होलमा इगलको सफलता प्राप्त गरेका उनले १६ औं र १७ औं होलमा बर्डी प्रहार गर्दा १८ औं होलमा बोगी खेपेका उनले एमेच्योरतर्फको उपाधि जितेका छन किशन परियारलाई २२ स्ट्रोकले गर्दै दोस्रो भए। उनले समग्रमा २१-ओभर २ सय २८ को नतिजामा प्रतियोगिता पुरा गरेका थिए।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटि जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरेका छन। नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीहरूको सहभागिता रहेको थियो। सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक  १० लाख ५० हजार नगद पुरस्कार रहेको र यो प्रतियोगितामा शीर्ष १८ स्थान सम्मका प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरेका थिए।

प्रकाशित: Mar 22, 2026| 15:37 आइतबार, चैत ८, २०८२
प्रतिक्रिया दिनुहोस्